
May 19 2025 | २०८२, जेठ ५ गते
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका केन्द्रीय सचिव तथा बागमती प्रदेश प्रमुख दीपक बुढाथोकीले मन्थली नगरपालिकाको प्रमुखको दाबी रहेको घोषणा गरेका छन् । एकीकृत समाजवादी रामेछापको उपसचिव समेत रहेको बुढाथोलीले मन्थली नगरपालिका प्रमुखको लागि आफू योग्य भएको भन्दै दाबी गरेका छन् ।
लामो समय विद्यार्थी राजनीतिक गरेका बुढाथोकी पछिल्लो समय एकीकृत समाजवादी निर्माण भएसँगै पार्टीको मुल राजनीतिमा जोडिएका छन् । बुढाथोकीले रामेछापको लोकप्रिय युवा नेताको छवी बनाएका छन् । मन्थली नगरपालिकामा एकीकृत समाजवादीबाट बुढाथोकी र समाजवादीको जिल्ला अध्यक्ष तथा बहालवाला नगरप्रमुख रमेश बस्नेतको दाबी रहेको छ ।
बुढाथोकी २०६२ सालको स्वावियु निर्वाचनमा बानेश्वर क्याम्पसको कोषध्यक्ष निर्वाचित भएका थिए । क्याम्पसको राजनीति हुँदै राष्ट्रिय रुपमा विद्यार्थी नेताको छवी बनाएका बुढाथोकी अहिले स्थानीय तहको निर्वाचनमा प्रमुख पदको दाबी गरेका छन् । लाखौं विद्यार्थीहरुको मन जित्न सफल विद्यार्थी नेता बुढाथोकी आफूले स्थानीय जनता र नेता कार्यकर्ताको पनि मन जित्न सक्ने विश्वास व्यक्त गरेका छन् । मन्थलीलाई समृद्ध बनाउन सक्ने क्षमता भएको दाबी गर्ने बुढाथोकीको पहलमा मन्थलीमा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक निर्माण लगायतको विभिन्न काम भएका छन् ।
मन्थली नगरपालिका एकीकृत समाजवादीले जितेको स्थानीय तह हो । आफूहरुले जितेको स्थानीय तह र फेरि पनि आफूहरु एक्लै लड्दासमेत जित्न सक्ने स्थानीय तह भएको कारण पनि यो स्थानीय तहमा समाजवादीले पाउने नेताहरुले बताउँने गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij