
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । बीपी नेत्र प्रतिष्ठान आँखा नाक, घाटी तथा पुनस्थापना केन्द्र आदर्शकोतवाल बाराको आयोजना तथा बीपी नेत्र प्रतिष्ठान बाल, आँखा नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना सेवा लोकन्थली भक्तपुरको प्राविधिक सहयोग र आदर्शकोतवाल गाउपालिका संगको सहकार्यमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका हरनहिया चोकमा शिविर सञ्चालन गरिएको छ ।
यहि चैत्र ७ देखि १० गतेसम्म आँखा तथा नाक, कान, घांटीको शल्यक्रीया सहितको शिविर संचालन भएको हो । उक्त शिविरको उद्धघाटन गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारीले गरेका थिए भने शिविरमा गाउँपालिकाका उपाध्यक्ष पूनमदेवी शाहसहित वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।
शिविरमा १,२२० जना बिरामीहरुले आँखा र कान जाँच गराए भने १४५ जनाको आँखा र १४ जनाको कानको अप्रेसन भएको थियो । शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिम्रौनगढ नगर अस्पताल, चिउंटाहा युवा क्लब, मिथिला सारथी समाज, रामचरित्र मावि च्युटाहा, श्री.ने.रा.मा.वि.पटेर्वा र श्री ने.रा.नि.मा.वि. लक्ष्मीपुर कोतवालीद्वारा स्वयंसेवक परिचालन गरिएको थियो ।
शिविरमा नेत्र विशेषज्ञ डा. दिबा लामिछाने र नाक, कान, घाँटी विशेषज्ञ डा. प्रशान्त पौडयालले शल्यक्रीया गरेको बीपी नेत्र प्रतिष्ठानका आउटरिच संयोजक राम केसीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij