
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाै । रोजगारीका लागि साउदी पुगेर १२६ नेपाली युवाको अलपत्र परेका छन्।अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि १८ दिनदेखि उद्धारको पर्खाइमा बसेका छन्। उनीहरु सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि साउदी पुगेका थिए।
अलपत्र परेको विनोद दहालका भन्छन् अहिलेसम्म म्यानपावर सञ्चालकले आश्वासन मात्र दिएको छ। ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन्।
उद्धारको पर्खाइमा रहेका उनीहरु क्याम्प नम्बर १७ मा २८ जना र क्याम्प नम्बर १८ मा ९८ जना सबेका छन्। समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरु समस्यामा पर्दा पनि मुखदर्शक भनेको उनीहरुले आरोप छ।अलपत्र परेका नेपाली अहिले अलिअलि भएको पैसाले सुक्खा रोटी र पानी पिएर रातदिन कटाइरहेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij