Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

आज विश्व क्षयरोग दिवस

आज विश्व क्षयरोग दिवस

  • काठमाडौँ । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

    images
    images
    images

    विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएको जनाइएको छ। जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए।

    images

    क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। नेपालमा भने गत आर्थिक वर्ष २०७७र७८ को तथ्यांक अनुसार २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ। क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रले बताएको छ। 

    सरकारले क्षयरोगको औषधि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij