
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । जिल्ला अदालत कास्कीमा तोडफोड भएको छ। मंगलबार राति तीनवटा कोठाको ताल्चा फुटाएर अदालतको १ नम्बर च्याम्बर, ६ नम्बर इजलास र बेन्चमा तोडफोड गरिएको हो।
बुधबार बिहान कार्यालय तोडफोड भएको अवस्थामा पाइएको अदालतले जनाएको छ। तोडफोडका लागि प्रयोग गरिएको रड त्यही नै भेटिएको जनाइएको छ।
तीनवटा कोठामा रहेका चारवटा दराज चाबी भेटिएका जति खोलेको, अरु फुटाएको र चाबी फुटाउन नसकेको दराज त्यसै छाडिएको अवस्थामा देखिएको अदालतको भनाइ छ।
तोडफोडबारे जानकारी पाइएलगत्तै प्रहरीलाई खबर गरिएको र अहिले अनुसन्धान जारी रहेको बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij