
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । निर्वाचन आयोगमा ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका छन् ।
सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ वटा साना दलले जिल्ला समितिको विवरण पेस गरेको जानकारी गराएका थिए ।
आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न प्रदान गर्ने सम्बन्धमा जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ गते भित्र पेस गर्न पत्राचार गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij