Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

जनजाति पत्रकारको ‘पल्टन सौराहामा’ 

जनजाति पत्रकारको ‘पल्टन सौराहामा’ 

  • चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । 
      
    शनिबारदेखि चितवनको सौराहामा जारी महाधिवेशनमा निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार सोमबार राति साढे ९ बजेदेखि मतदानको समय तोकिएको छ । 

    images
    images
    images

    देशभरबाट ४ सय १८ जना प्रतिनिधिहरुको सहभागिता रहेको फोनिजले जनाएको छ । फोनिजले लामो समयदेखि पत्रकारितामा लागेका आदिवासी जनजाति पत्रकार र समुदायको हकहितको सवालमा काम गर्दै आइरहेको छ ।

    images

    यस्तै, निर्वाचन समितिले विभिन्न पदका लागि चर्को उम्मेदवारि शुल्क तोकेको छ । अध्यक्षको उम्मेदवारी दर्ताको लागि २० हजार, वरिष्ठ उपाध्यक्षको लागि १५ हजार, उपाध्यक्ष र महासचिवको लागि १०/१० हजार शुल्क तोकिएको छ । 

    यस्तै सचिव, कोषाध्यक्ष र सहकोषध्यक्षको ५ हजार, संघीय सदस्यको लागि ३ हजार, समितिको संयोजकको ५ हजार र समिति सदस्यको लागि २ हजार ५ सय शुल्क रहेको छ ।

    fonij 2.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij