Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • धनगढी । कैलालीमा ट्रकको  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइलाई ठक्कर दिएको थियो । उपचारका क्रममा रावलको कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।  

    images

    ठक्कर दिने ट्रक र चालक सुर्खेतको वराहाताल गाउँपालिका– १० का ३१ वर्षीय बुद्धिराम सुनारलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij