
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । नेपाल हस्तकला महासंघको अध्यक्षमा प्रचण्ड शाक्य विजयी हुनुभएको छ । शुक्रबार भएको महासंघको ४१औँ वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमितिको लागि शनिबार गरिएको निर्वाचनमा महासंघको अध्यक्षमा शाक्य विजयी हुनुभएको हो ।
नव निर्वाचित शाक्यले कोरोना महामारीबाट प्रभावित हस्तकलाको निर्यात प्रवर्द्धनमा जोड दिने, प्रदेश सरकारसँगको समन्वयमा हस्तकला व्यवसायलाई औपचारिक शिक्षको रुपमा अगाडि लैजानुपर्ने लगायतका एजेन्डालाई अगि सार्नु भएको थियो ।
हिजो भएको सो निर्वाचनमार्फत नयाँ कार्यसमितिको अध्यक्षमा शाक्यसहित वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला उपाध्यक्ष दिपेन्द्र शाक्य, बस्तुगत उपाध्यक्ष अमृत खड्का , एसोसियत उपाध्यक्ष किरन स्थापित, वाणिज्य उपाध्यक्ष दिल्ली रत्न तुलाधर, उद्योग उपाध्यक्ष दिब्यतारा तुलाधर, व्यक्तिगत उपाध्यक्ष नवीन शाक्य विजयी हुनुभएको हो ।
वाणिज्यतर्फको कार्य समितिमा क्रमशः प्रताप शाक्य, राकेस बज्राचार्य, मिलन वीर मालाकार रहुनुभएको छ । यस्तै उद्योगतर्फको कार्य समितिमा क्रमशः अमुल्य देवि तुलाधर, रत्नमुनी बम्हचार्य, बिक्रम शिङ रहनुभएको छ भने व्यक्तिगत कार्य समितिमा क्रमशःमानिक मान शाक्य, विकास शाक्य, उदिप शाक्य, सुजन शाक्य रहुभएको छ ।
यसैगरी कार्य समितिमा क्रमशः गनेश राजचल (भक्तपुर), पदम बराल ( झापा) रहनुभएको छ भने बस्तुगत कार्य समितिमा क्रमशः रेखा अर्याल, श्री कृष्ण प्रजापती र एशोशियटतर्फको कार्यसमितिमा दिपेन्द्र शाक्य रहनुभएको छ । नव निर्वाचित कार्य समितिले सोमबार सपथ लिने कार्यक्रम रहेको छ ।
विधान अनुसार कुल २६ जनाको कार्यसमिति रहनेगरेको महासंघमा दुई जना भने मनोनित हुन बाँकी रहेको छ । विधान अनुसार नव निर्वाचित कार्यसमितिले आवश्यकता अनुसार स्वत दुई जना कार्यसमिति सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij