
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सम्भवत एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुने विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
उनले बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृतसहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाहसम्म पहुँचसम्बन्धि कानुनी व्यवस्था लगायतको काम सकिएको बताए ।
बन्दरगाहमा हुनुपर्ने सबै काम सकेको र यसै विषयमा शुक्रबार मन्त्रालयमा बैठक पनि रहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij