Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

फेरि बढ्याे पेट्रोलियम पदार्थ, निगमलाई ५ अर्व ३० कराेड घाटा

फेरि बढ्याे पेट्रोलियम पदार्थ, निगमलाई ५ अर्व ३० कराेड घाटा

  • काठमाडौं/ पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि भएकाे छ। नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेलमा ५ रुपैयाँले मूल्यवृद्धि गरेको छ। निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ कायम गरेको छ। आयल निगमले एलपी ग्यासको मूल्य भने बढाएको छैन। इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मुल्य सुचि अनुसार फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट चैत २ गते बुधबार  प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

    images
    images
    images

    निगमले पछिल्लो पटक मिति २०७८ फागुन १९ मा मूल्य समायोजन गरेकाे थियाे । पछिल्लो समय रुस र युक्रेन बीचको तनाब समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम बिन्दूमा रहेकाे अवस्था छ। जसले गर्दा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्था रहेको नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    images

    ईण्डियन आयल कर्पोरेशनबाट यसअघि पठाएको मुल्य सूचीका आधारमा पेट्रोलमा रु. १६रुपैयाँ ३७ पैसाले वृद्धि भएको मुल्य सुचि पठाएको निगमले जनाएको छ।

    त्यस्तै डिजेलमा रु. २४ रुपैयाँ ४९ पैसा, हवाई इन्धनमा रू. १८ रुपैयाँ ८९ पैसाले मुल्यवृद्धि भएको जानकारी सहितको सूची पठाएको निगमले उल्लेख गरेको छ। आईओसीबाट प्राप्त मुल्यसूची अनुसार हाल कायम रहेकै मुल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई आगामी १५ दिनमा करीब रू. ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको आयल निगमका सह प्रबक्ता पुस्कर कार्कीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

    प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई हाल पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ ३४ पैसा घाटा हुने बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ५ अर्ब ३० करोड र मासिक १० अर्ब भन्दा  बढि घाटा हुने सह प्रबक्ता कार्कीले बताए ।

    images

    मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १८३.५७ रुपैयाँ, डिजेलको खरिद लागत १७०.१५ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    FB_IMG_1647451832135.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij