Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

आज उपत्यकासहित केही स्थानमा आंशिक बद्ली हुने

आज उपत्यकासहित केही स्थानमा आंशिक बद्ली हुने

  • काठमाडौँ । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने संभावना रहेको हो । 

    images
    images
    images

    आज दिउँसोपछि काठमाडौँ उपत्यकाको मौसम पनि आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ ।

    images

    यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको समेत सम्भावना रहेको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij