Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

हत्याको आरोपमा दुई जना पक्राउ

हत्याको आरोपमा दुई जना पक्राउ

  • काठमाडौँ । धनगढीमा भारतीय नागरिकको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज सोमबार धनगढी–५ शिवनगर र जाई जोड्ने सडकनजिक नालीमा भारतको उत्तरप्रदेश शाहजापुराका ४२ वर्षीय कुलदीप गुप्ताको शव भेटिएको थियो ।

    images
    images
    images

    गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूले गुप्ताको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

    images

    गुप्ता अभियुक्त राजेन्द्रको अटोमा घर गइरहेका बेला भाडाको विषयमा विवाद भएको र त्यही कारणले उनीहरूले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    गुप्ता धनगढी शिवपुरीधामनजिक डेरा लिएर बस्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij