
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ विहिबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आज शुक्रबार पत्रकार सम्मेलन मार्फत विहिबार बसेको मन्त्रिपरिषदले गरेका १९ वटा निर्णय सार्वजनिक गरेका हुन् । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।
त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने, औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij