
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर । ललितपुरको प्रहरी वृत्त सातदोबाटो २१ दिनदेखि डिएसपी मदन केसीको कमाण्डमा छ । यस क्षेत्रको शान्ति सुरक्षाको सम्बन्धमा विशेष प्राविधिक उपायहरू अपनाउँदै डिएसपी केसी अहारोत्र कस्सिएका छन् ।
यस क्षेत्रमा हुने गरेको चोरी, दुर्घटना, हिंसा, झै–झगडा लागूऔषधको कारोबारको घटना हाल न्यून हुँदै गइरहेको छ । मुख्य अपराधको घटनामा वृत्तको नियमित निगरानीले घटनाहरू घट्दै गएको डिएसपी केसीको दावी छ ।
जनतासँगको प्रत्यक्ष सम्वादमा सक्रिय डिएसपी केसीले भने, ‘अपराधिक घटना हुन नदिन स्थानीयहरू सँग समन्वय गरेर अघि बढिरहेका छौं ।' डिएसपी केसीले स्थानीय भेटघाट र टोलसुधार समितिसँग साझेदारी र समन्वयमा विशेष ध्यान दिँदै विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए ।
डिएसपी केसीको मातहतको टोलीले पनि स्थानीयहरुको सहकार्यमा सुरक्षा संयन्त्र मजबुत बनाउन सुझाव संकलन गरिरहेका छन् । वृत्तले मोबाइल गस्तीमा पनि विशेष ध्यान दिइरहेको छ । डिएसपी केसीका अनुसार चोकचोकमा सीसीटिभी क्यामरा जडानलाई प्राथमिकता राखेर सम्बन्धित वडाहरुसँग समन्वय अघि बढाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij