
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । माओवादी शान्ति प्रक्रियामा आएको १५ वर्ष पूरा भइसकेको छ । माओवादी द्वन्द्वकालका बम र हतियारहरु अझै भेटिने क्रम जारी छ । माओवादी द्वन्द्वको असरहरु समाजमा अझै देखिइरहेको छ ।
पूर्वी रुकुम सिस्ने गाउँपालिका वडा नं २ को बुर्केसल्लास्थित ओडारमा एक दर्जन सकेट बम फेला परेको हो । गाई चराउन जानेहरुले ओडारमा शंकास्पद वस्तु देखेपछि वडाध्यक्षलाई खबर गरेका थिए । वडाध्यक्ष जीवन केसीले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीका अनुसार कालो ड्रम र त्यस वरिपरि सकेट बम फेला परेको थियो । बम डिस्पोजका लागि सेना त्यहाँ पुगेको छ ।
माओवादी सशस्त्र गतिविधि हुँदा छाडेका र लुकाइएका हतियारहरु सर्वसाधारणका लागि खतरा बनिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij