Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

सङ्क्रमितको संख्या ७७ जना

सङ्क्रमितको संख्या ७७ जना

  • काठमाडौं/ पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८ सय १ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार नौ हजार ३ सय २८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मङ्गलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४९ पुगेको थियो ।

    पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार २ सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ३ सय ४० जना सक्रिय सङ्क्रमित छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij