
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । फागु पूर्णिमा सुरुवात भएको संकेत स्वरुप बिहीबार वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ । बिहानको शुभसाइतमा हनुमानढोका दरबारको दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो ।
मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ । प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij