
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशन शुक्रबारदेखि हुने भएको छ । महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने जनाइएको छ । अधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ ।
अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।
साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।
सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij