काठमाडौँ । संखुवासभाको मादी नगरपालिकाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ । मादी नगरपालिकाको रामदेवीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ ।