Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

थपिए २ सय २४ कोरोना संक्रमित

थपिए २ सय २४ कोरोना संक्रमित

  • काठमाडौं/ पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १ सय ५६ एन्टिजेन परीक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

    images

    पछिल्लो २४ घण्टामा २ सय ५१ जना संत्रमणमुक्त भएका छन् । ५ हजार ६ सय ९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १ सय २४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij