
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर । जावलाखेल चोकबाट पार्किङ पूर्णरुपमा हटाइएको छ । भोटो देखाउने बेला सो स्थानमा रथ राख्ने गरिन्छ । ऐतिहासिक सम्पदाको संरक्षण गर्ने क्रममा पार्किङ हटाइएको नगर प्रहरी बल प्रमुख सिताराम हाछेथुले बताए ।
पहिला सो स्थानमा कपडाको बजार थियो । सार्क सम्मेलनको साइत पारेर पसल हटाइएको थियो । त्यसपछि अव्यवस्थित पार्किङको रुपमा प्रयोग हुँदै आइरहेको थियो ।
जावलाखेल चोकमा पार्किङ हुँदै आइरहेको विषयमा महानगरका मेयरलाई स्थानीयले ध्यानाकर्षण गराउँदै आएको थियो । नगर प्रमुख चिरीबाबु महर्जनकै आदेशमा पार्किङ हटाएर संरक्षणमा जोड दिइएको हाछेथुको दावी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij