
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । इन्टरनेट सेवाप्रदायक र केबल टेलिभिजन कम्पनीहरूले विद्युत प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा बुझाउन ढिलाइ गरेको भन्दै प्राधिकरणले फेरि चेतावनी दिएको छ ।
प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गर्दै अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट तथा केवल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई तत्काल बक्यौता बुझाउन प्राधिकरणले सोमबार सूचना जारी गरेको छ । प्राधिकरणले सम्झौतामा नआउने, सम्झौता नवीकरण नगर्ने तथा बक्यौता बुझाउन आनाकानी गर्ने कम्पनीहरूको फेरि केबल काट्ने चेतावनी समेत दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij