
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका वडा–४ नल्लुमा एकै घरका ४ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने दुई जना घाइते भएका थिए ।
मृत्यु हुनमा घरधनि ५५ वर्षीया काइली स्याङताङ, उनकी २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आष्मा स्याङताङ रहेका छन् भने घाइते हुनेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने शिशु रहेका छन् । घाइते दुवै जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयाे ।
उहाँका अनुसार घटनास्थलमा विषको जस्तो बट्टा र केही कोइला फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान भइरहेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij