
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । अर्घाखाँचीमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार मालारानी गाउँपालिकाका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।
शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
शिक्षकलाई पक्राउ गरी ६ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij