Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

देशभर थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • काठमाडौं/ पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ सय २० जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा ३ सय ६२ जना निको भएर घर फर्केका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५ सय ५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय ४७ पुगेको छ ।

    images

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेको छैन। नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९ सय ४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १।२ प्रतिशत रहेको छ । यही अवधिमा थप २ लाख ८ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर खोप अभियान सुरु भए यता ३ करोड ७६ लाख ८२ हजार ८ सय ९० मात्रा खोप लगाइसकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij