
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर/ सेना दिवस २०७८ का अवसरमा नेपाली सेनाले ४७ जना गैर सैनिक विशिष्ठ नागरिकहरुलाई ‘सेनापति प्रशंसा निसानबाट सम्मान गरेको छ । यही फागुन १७ गते मंगलबार नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा एक विशेष कार्यक्रम गरी सम्मान गरेको सैनिक मुख्यालयले जनाएको छ । समानीत हुनेहरुमा जनप्रनितिधि, समाजसेवी, नृत्य निर्देशक, पर्वतारोही, सूचना प्रविधि विशेषज्ञ, पत्रकारलगायतका व्यक्तिहरु रहेका छन् ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाले सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको हो ।
नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
सेना दिवस २०७८ मा नेपाली सेनाले सम्मान गरेका ४७ जना गैर सैनिक विशिष्ठ नागरिकहरुको नामावली यसप्रकार रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij