Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

‘राप्रपा नेपाल’ ब्युँताउँने साइत हेर्दै कमल थापा

‘राप्रपा नेपाल’ ब्युँताउँने साइत हेर्दै कमल थापा

  • ललितपुर/ पार्टी अध्यक्षमा हारेको पीडा खप्न नसकेर राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने साइत हेरेर बसेका छन् । गत मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका थापाले नयाँ पार्टी दर्ता प्रक्रियामा राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् ।

    images
    images
    images

    तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि खाली भएको सो पार्टी लाक्पा तामाङको नाममा रहेको छ । यस विषयमा कमल थापाले तामाङसँग छलफल गरिसकेको र अब थापाकै नेतृत्वमा सो पार्टीलाई गति दिने समझदारी पनि भइसकेको थापा पक्षीय नेताहरुको भनाइ छ ।
    गणतन्त्र स्थापनापछि तत्कालीन राप्रपा नेपाल हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राजनीतिमा उदाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाको बलमा सो पार्टीमा २४ सिट जितेको थियो भने पछि तत्कालीन राप्रपासँग एकता भएपछि नयाँ पार्टी ‘राप्रपा’ बनेको थियो ।
    यसअघि कमल थापा समूहभित्र ‘राष्ट्रिय एकता पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने छलफल पनि भएको थियो । तर अहिले राप्रपा नेपाल नै ब्युँताउने तयारी भएपछि अब प्रक्रिया अर्को चरणतर्फ जाने भएको छ । यता थापानिकट नेता उद्धव पौडेलले राष्ट्रिय एकता पार्टीलगायतका विभिन्न नाममा छलफल भइरहेपनि कुन हुने भन्नेबारे अझै पनि अन्तिम रूप दिन बाँकी रहेको जिकिर गरे । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij