Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसी टेबल गर्न प्रचण्ड–माधवको असहमति

एमसीसी टेबल गर्न प्रचण्ड–माधवको असहमति

  • ललितपुर/ एमसीसी परियोजना यथास्थितिमै संसदमा टेबल गर्ने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्तावमा  नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएका छन् । प्रचण्ड र नेपालको असहमतिपछि एमसीसी परियोजना संसदमा टेबल गर्ने बिषयमा सत्ता गठबन्धनकाबीच सहमति जुटाउन शनिवार बालुवाटारमा बसेको तीन शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गीएको हो । 

    images
    images
    images

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’

    images

    तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका थिए । एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।

    जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो कुरा दोहोर्‍याएका थिए । प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनीसमेत दिएको स्रोतले बतायो । प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनका बावजुद आजको बैठकले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।

    अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे छिनोफानो गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ । यसका लागि अमेरिकी पक्षले नेपालका शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिइरहेको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij