
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।
आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij