Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

प्रहरी र अखिलका कार्यकर्ताबीच झडप

प्रहरी र अखिलका कार्यकर्ताबीच झडप

  • काठमाडाैँ । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेकाे मूल्यवृद्धिको विरोध तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच झडप भएको हो ।

    images
    images
    images

    अनेरास्ववियुका कार्यकर्ताले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

    images

    झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij