
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । पर्साको जिरा भवानीपुर गाउँपालिका ४ मा ट्याक्टरमा मोटरसाईकल ठोकिँदा मोटरसाइकलमा सवार १ बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा, बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल ठोकिएकाे थियो। दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिका बाटोमै मृत्यु भएको हो।
विद्या देवीको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij