
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरमा स्थानीयलाई मादक पदार्थ सेवन गरेर त्रसित गर्ने तुलसीपुर ९ का सन्तोष बस्याल, मनोज बि. क., पोषण ओली पक्राउ परेका हुन् । त्यसैगरी सोही ठाउँका बिबेक बस्नेत, अजिल मिया, केतु ओली र मोहन बस्नेत पनि पक्राउ परेका छन् ।
प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया र एउटा बन्चरो पनि बरामद गरेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij