
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् ।
उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij