Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

जिल्लाका प्रजिअहरुसँग गृहमन्त्रीको खासखुस

जिल्लाका प्रजिअहरुसँग गृहमन्त्रीको खासखुस

  • काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाको परिवार र उच्च पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्‍ठेरोमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    शनिबार बिहान गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला र हिमाली जिल्लाका आड प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अप्‍ठेरोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    images

    शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिइन् । शुक्रबार रौतहटको बुधिमाई नगरपालिका एकमा कच्ची खपडाको घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमति ४५ फुलमतियादेवी मृत्यु भएको थियो । गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

    त्यस्तै मन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू दिर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी पर्साई (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ ९ओखलढुंगा० र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असर कस्तो छ, तत्काल व्यवस्थापन गर्नु पर्ने के छ सतर्क रहेर काम गर्नुहोला भन्ने निर्देशन दिएका छन् । त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि कुराकानी गरेर जिल्लाको अवस्थाबारे जानकारी लिनुभएको छ । सोलुखुम्बुका प्रजिअ शाहीले मन्त्री खाणले हिमपातको असर र व्यवस्थापनबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको बताए ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij