Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

अपराधको जालो

कमिसनको खेलमा तीन ज्यान खत्तम

कमिसनको खेलमा तीन ज्यान खत्तम

  • ललितपुर । सिराहाका अनिलकुमार मण्डलले जग्गाको कमिसन एक्लै खाने योजनामा तीन जनाको हत्या गरेको खुलेको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले एउटा रहस्यमय घटनाले चाँडै सफलता पाएको हो । कमिसनको लोभमा मण्डलले हत्यापछि मोरङ र ललितपुरमा खाल्डो खनेर शव गाडेका थिए ।

    images
    images
    images

    जिल्ला प्रहरी मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार ललितपुरको थेचोमा गोदामका लागि भन्दै लिइएको घरमा मोहन लिम्बुको हत्या गरेर शवलाई गाडेका हुन् । ‘लिम्बुको शव गाडेर मण्डल राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीलाई लिएर विराटनगर फर्किएको देखियो ।’ प्रहरी उपरिक्षक जिसीले भने, ‘राजेन्द्रको ५ मंसिर र चौधरीको ७ मंसिरमा हत्या भएको खुलेको छ ।’

    images

    ललितपुरमा लिम्बुको हत्या गरेको ७ औं र ९ औं दिनमा विराटनगरमा थप दुई साझेदारको हत्या गरेर उखुबारीमा शव गाडेको प्रहरीले जनाएको छ ।

    ललितपुरमा डोरीले घाँटीमा कसेर लिम्बुको हत्या गरेको पाइएको प्रहरी स्रोत बताउँछ । मोरङको सूचना पाउना साथ महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका टोलीले धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला थियो । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले घटनास्थलबाट भन्नुभयो, 'घर पछाडि खाल्डो खनेर शव राखेर माथिबाट ढलान गरिएको अवस्थामा शव फेला परेको छ ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij