
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेको छ ।
त्रियुगा नदीको नहरमा खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ ।
उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले बताए ।
फाइल तस्वीर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij