Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुडानमाथिको अमेरिकी कारबाही अन्त्य

सुडानमाथिको अमेरिकी कारबाही अन्त्य

  • वासिङ्टन, एफपी । अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । 

    images
    images
    images

    सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले सुडानमाथि लगाउँदै आएको थियो । उक्त घटनामा भएको जनधनको क्षतिबापत करोडौं डलर क्षतिपूर्ति तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिका प्रतिबन्धहरु हटाउन मञ्जुर भएको थियो ।

    सुडानमाथि आतंकवादीलाई प्रश्रय दिने राष्ट्रको सूचीबाट सुडानलाई अमेरिकाले गत साता हटाएको थियो । सुडानले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न सहमति जनाएको दुई महिना नपुग्दै अमेरिकाले उक्त निर्णय गरेको हो ।

    कोरोनाभाइरस महामारीको चपेटामा परेर आर्थिक संकटमा परेको सुडान अहिले राजनीतिक संक्रमणकालमा रहेको छ । अमेरिकाले सुडानलाई आर्थिक सहायता, ऋण मोचन र लगानीका लागि पनि सघाउने जनाएको छ । 

    सुडानलाई अमेरिकाले ७० करोड आर्थिक सहायताका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई भुक्तानी गर्नुपर्ने थप १२ करोड डलर ऋण चुक्ता गर्न अमेरिकाले सघाउने बताएको छ । अमेरिकामा रहेका सुडान सरकारका बैंक खाताहरु पनि अब खुला हुनेछन् ।

    सुडानसँगको सम्झौतामा सुडानले १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासमा अलकायदाद्वारा भएका हमलाका पीडितलाई क्षतिपूर्तिबापत ३३ करोड ५० लाख डलर भुक्तानी गर्न सहमति जनाएको थियो । 

    उक्त हमलाहरु सुडानका तत्कालीन राष्ट्रपति ओमार अल–बसिरको शासनकालमा भएका थिए जतिबेला आतंकवादी संगठन अलकायदाका नेता बिन लादेन सुडानमा रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij