काठमाडौं । पशुपति आर्यघाटन नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–८ आर्यघाटन छेउको सतलमा अन्दाजी ४५ वर्षकी महिला मृत भेटिएकी हुन् । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन र उनको परिचय पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।