
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ।
जनमोर्चाले सातै प्रदेशको सम्मेलन सरेको छ । उक्त सातै प्रदेश सम्मेलन ६ र ७ फागुनमा तोकिएको छ। विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।
यसअघि जनमोर्चाले १५ र १६ माघमा प्रदेश सम्मेलन गर्ने तयारी गरेको थियो। कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij