
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मोदीको नेतृत्वमा भारत र अमेरिकाबीचको रणनीतिक साझेदारी बलियो बनेको र भारतलाई विश्वशक्तिका रूपमा अघि बढाउन योगदान गरेकोमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिजन अफ मेरिट पुरस्कार दिइएको बताइएको छ । अमेरिकाका लागि भारतका राजदूत तरणजीत सन्धूले मोदीका तर्फबाट पुरस्कार ग्रहण गरेका थिए । उनलाई अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायनले ह्वाइट हाउसमा यो पुरस्कार दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij