
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । भौतिक योजनामन्त्री रेणु यादवका नाममा दुई खास व्यत्तिले मातहतका विभिन्न कर्मचारीहरूसँग नगद असुली सुरु गरेपछि मन्त्रालयभित्र मन्त्रीको बदनामी भएको छ ।
यस अघि पनि पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालेको यादव पहिले यसरी बदनाम भएकी थिइनन् । भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै ठेकेदार राजकिशोर गुप्ता र अभिषेक यादवलाई अघिसारेर मन्त्री रेणुले असुली धन्दा शुरु गरेको आरोप सम्बद्ध कर्मचारी तथा प्रतिव्यक्ति चालिस लाखदेखि साठी लाखसम्म लिएर गर्ने गरेको समाचारसूत्रको दाबी छ ।
हालै सडक विभागका महानिर्देशक अर्जुनजङ थापालाई असमयमै हटाइएको छ र उनको स्थानमा शिवहरी सापकोटालाई चयन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij