
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ । जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । उनले संविधान संशोधनसहित १० बुँदे माग राख्दै आज प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् ।
त्रिपाठीको पत्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन र गतिहीन रहेको वर्तमान अवस्थामा संविधानको कार्यान्वयनमा वाधा उत्पन्न भई देशको राजनीति नै लिकभन्दा बाहिर गएको भन्दै चिन्ता जनाइएको छ ।
देशको राजनीतिलाई लिकमा ल्याउन संविधान संशोधनदेखि स्थानीय तहको सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयनसम्म जोड दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij