
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ । सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्नुभएको छ । चौधरीले आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको हो । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् ।
नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरू निर्वाचन आयोगमा पुगेका छन् ।
उनीहरू काठमाडौँको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।
राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए । तर, थरूहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैँ दल खोल्ने निर्णयमा पुगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij