Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा

दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा

  • काठमाडौं । दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक इञ्जिनीयर, दुई सव ओभरसियर, एक कम्युटर अपरेटर र एक आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले जानकारी दिनभुयो ।  

    images
    images
    images

     
     कर्मचारीको एकैपटक सरुवा हुँदा काम प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटक बढी सङ्ख्यामा कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ ।” कर्मचारी सरुवा भएसँगै यहाँका सात वडा पनि सचिवविहीन भएका छन् । गाउँपालिकामा रहेका आठ वडामध्ये वडा नं १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij