
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नेकपा (माओवाी) केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र स्थगन भएको छ । केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने विषयमा नेताहरू आपसमा छलफल गर्न थालेपछि बन्दसत्र स्थगन भएको हो ।आजैमात्र माओवादी केन्द्रको संसोधित विधान पारित भएको छ ।
आज संसोधित विधानमा केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी सदस्य रहनेछन्। तीमध्ये १५ प्रतिशत मनोनयन हुनेछन्। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मत हुँदैछन् भने अन्य पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij