
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । नेपाली चलचित्र अभिनेत्री वर्षा सिवाकोटीले रंगकर्मी पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।
पत्रकार सुवेदीले एपि वान टेलिभिजनबाट प्रसारणमा आउने रजटपट कार्यक्रममा आफ्नो व्यक्तिगत कुरा निकालेर घोचपेच गरेको भन्दै वर्षाले प्रेस काउन्सिलमा उनीमाथि उजुरी दिएकी हुन् ।
सुवेदीलाई कारबाही गर्नुपर्ने माग राखेको विषयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्,‘कार्यक्रमा भएका कतिपय कुरा नितान्त व्यक्तिगत थिए । जुन त्यसरी बाहिर ल्याउनु जरुरी थिएन । त्यसैले उजुरी दिएँ । प्रोसेस चलिरहेको छ । बाँकी कुरा आफै आउँछ ।’
अन्य कुरा भने उनले पछि नै थाहा हुने र अहिले नै धेरै बोल्दा ठिक नहुने उनले मिडियामा बत्ताएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij