Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

नेवाः नखः न्यूयोर्कमा चम्किएका नयाँ मुहार 

नेवाः नखः न्यूयोर्कमा चम्किएका नयाँ मुहार 

  • योमरी पुन्हिका दिन नेवाः नखः न्यूयोर्कको नयाँ कार्यसमिति गठन भएको छ । महेन्द्र बीर बज्राचार्यको अध्यक्षतामा प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्य, द्वितीय उपाध्यक्ष श्रुति अमात्य, महासचिव तुलसी नारायण चित्रकार, सचिव संगीता मुखिया छोंचू, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सहकोषाध्यक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

    images
    images
    images

    त्यस्तै, कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, दिपक कुमार प्रधान, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, राधिका श्रेष्ठ, अभिषेक छोंचू र शोभना शाक्य निर्विरोध निर्वाचित भए ।

    images

    नेवाः नखः को विधान अनुसार स्वतः निर्वतमान अध्यक्ष बिष्णुमान प्रधान संस्थाको सल्लाहकारमा चयन भएका छन् । सल्लाहकार प्रधानले विदेशमा रहेरपनि नेवाः परम्परा, कलासंस्कृति, चाडपर्व जोगाउन र प्रवर्द्धन गर्न सबै एकजुट भई अगाडी बढ्नुपर्नेमा जोड दिए । 

    नेवाः नखः न्यूयोर्क नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । नेवाः नखः न्यूयोर्कको तेस्रो निर्वाचन प्रमुख निर्वाचन आयुक्त संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानले सम्हाल्नु भएको थियो । 

    268374488_1613593912149071_612726543947796300_n.png

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij