Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

रणवीर र दीपिकाको ‘८३’ले पायो कर छुट

रणवीर र दीपिकाको ‘८३’ले पायो कर छुट

  • काठमाडौँ । डिसेम्बर २३ बाट प्रदर्शनमा आउने हिन्दी चलचित्र ‘८३’लाई भारतको राजधानी दिल्लीमा कर छुट दिइएको छ । 

    images
    images
    images

    चलचित्रका निर्देशक कवीर खानले आफ्नो फिल्मलाई दिल्ली सरकारले प्रदर्शन हुँदा कर छुट दिएको जानकारी आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन् ।

    चलचित्रमा रणवीर सिंहको मुख्य भूमिका रहेको छ । खानले इन्स्टाग्राममा फिल्मको पोस्टार राख्दै दिल्ली सरकारले आफ्नो फिल्मप्रति देखाएको प्रेमले थप दर्शक पाउन सहयोग हुने लेखेका छन् । 

    सन् १९८३ को क्रिकेट विश्वकपमा भारतको राष्ट्रिय टोलीले पाएको जितमा आधारित रहेको यो फिल्ममा रणवीरसँगै दीपिका पादुकोण, जीवा, पंकज त्रिपाठीलगायत कलाकारको मुख्य अभिनय रहेको छ । 

    फिल्ममा तत्कालीन भारतीय क्रिकेटका कप्तान कपिल देवको भूमिकामा रणवीर र उनकी श्रीमती रोमीको भूमिकामा दीपिकालाई देख्न पाइनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij