Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

‘दोहोरीगीत प्रतिष्ठान’को वार्षिक साधारणसभा

‘दोहोरीगीत प्रतिष्ठान’को वार्षिक साधारणसभा

  •  काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले  २१ औं वार्षिक साधारणसभा गरेको छ । 

    images
    images
    images

    साधारणसभाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए । उद्घाटन सत्र विद्यालयमा गरिएपनि बन्दसत्र नजिकैको अमलटारी सामुदायिक होमस्टेमा गरिएको थियो ।

    साधारणसभाको अवसरमा लोकसंगीतको क्षेत्रमा योगदान पुर्‍याउने थुप्रै व्यक्तिलाई सम्मान गरिएको थियो । 
    प्रतिष्ठानले जनता माविका लागि २ लाख रुपैयाँको कोष समेत स्थापना गरेको छ । २१ वर्षअघि स्वर्गीय लोकबहादुर क्षेत्रीको स्मृतिमा भएको कार्यक्रमका बेला अरुणखोलास्थित जनता माविमा उपस्थित भएका कलाकारहरुले अमर विरही गुरुङको नेतृत्वमा संस्थापक समिति गठन गरेका थिए । 

    साधारणसभामा सहभागी हुन प्रतिष्ठानको जिल्ला, प्रदेश, उपत्यका समन्वय समिति, विदेशस्थित समन्वय समितिबाट ३ सय बढी प्रतिनिधि अरुणखोला पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij